२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको धम्कीमा इरानले भन्योः होर्मुजको साँचो हरायो

जिम्बाब्वेस्थित इरानी दूतावासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुजबारे दिएको धम्कीबारे व्यंग्यात्मक प्रतिक्रिया जनाएको छ।  

ट्रम्पको पोस्ट सेयर गर्दै दुतावासले होर्मुजको साँचो हराएको बताएको छ। दूतावासले लेखेको छ, ‘स्ट्रेट अफ हर्मुजको साँचो हरायो।’

ट्रम्पले इरानलाई यो समुद्री मार्ग तुरुन्तै नखोले गम्भीर सैन्य कारबाहीको सामना गर्नुपर्ने भन्दै अल्टिमेटम दिएका थिए। उनले यसका पावर प्लान्ट र पुलहरूमा आक्रमण गरिने र इरानलाई नर्कमा परिणत गरिने बताएका थिए।

केही अन्य इरानी दूतावासहरूले पनि सामाजिक सञ्जालमा ट्रम्पको खिल्ली उडाएका छन्। दक्षिण अफ्रिकास्थित इरानी दूतावासले व्यंग्य गर्दै भन्यो, ‘चाबी फूलदानमुनि छ, साथीहरूका लागि बाटो खुला छ।’

यसैबिच टाइम्स अफ इजरायलका अनुसार इजिप्ट, पाकिस्तान र टर्कीका मध्यस्थकर्ताहरूले दुवै देशलाई युद्धविराम प्रस्ताव पेश गरेको छ।  उक्त प्रस्तावले ४५ दिनको समयावधिमा विस्तृत वार्ता गरी स्थायी युद्धविराममा पुग्ने वातावरण तयार गर्ने लक्ष्य राखेको छ । यो प्रस्ताव इरानी विदेशमन्त्री अब्बास अराघची र अमेरिकी मध्यपूर्व दूत स्टिव विटकफलाई पठाइएको बताइएको छ ।  

यद्यपि, दुवै पक्षबीचको अविश्वास र कडा अडानका कारण सहमति हुने नहुने अझै अनिश्चित देखिएको छ ।

प्रकाशित: २३ चैत्र २०८२ १८:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App