इरानी सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई 'हिंसात्मक रूपमा गिरफ्तार' गरेको उनको फाउन्डेसनले जनाएको छ।
नरगिस फाउन्डेसनका अनुसार ५३ वर्षीया मोहम्मदीलाई पूर्वी इरानी शहर मशहदबाट अन्य कार्यकर्ताहरूसँगै पक्राउ गरिएको बिबिसीले समाचारमा उल्लेख गरेको छ।
नोबेल समितिले नरगिस मोहम्मदीको गिरफ्तारीबाट गहिरो चिन्तित भएको बताएको छ र अधिकारीहरूलाई मोहम्मदीलाई कहाँ राखिएको छ भन्ने बारेमा जानकारी प्रदान गर्न, उनको सुरक्षा र मर्यादा सुनिश्चित गर्न र उनलाई बिनासर्त रिहा गर्न आग्रह गरेको छ।
यस विषयमा इरानी सरकारको तर्फबाट कुनै टिप्पणी आएको छैन।
इरानमा महिलामाथि हुने उत्पीडन विरुद्धको संघर्ष र मानव अधिकारको प्रवर्द्धन गरेकोमा मोहम्मदीलाई २०२३ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
डिसेम्बर २०२४ मा उनलाई चिकित्सा आधारमा जेलबाट तीन हप्ताको अस्थायी रिहाइ दिइएको थियो। उनी २०२१ देखि तेहरानको कुख्यात एविन जेलमा थुनामा थिइन्, चाँडै जेल फर्कने आशामा। मोहम्मदीले धेरै सजाय भोगिरहेकी छिन्।
प्रकाशित: २७ मंसिर २०८२ ०८:५१ शनिबार





