२२ वैशाख २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युएईको पेट्रोलियम प्लान्टमा इरानको आक्रमण

युएईको फुजैराह क्षेत्रको एक तेल क्षेत्रमा ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन्। यो आगलागी इरानी ड्रोन आक्रमणबाट भएको हो।

फुजैराह मिडिया अफिसले आक्रमणपछि पेट्रोलियम उद्योग क्षेत्रमा ठूलो आगलागी भएको र त्यसलाई निभाउन तुरुन्तै टोलीहरू पठाइएको जनाएको छ।

यसअघि युएईको रक्षा मन्त्रालयले केही समयअघि चारवटा मिसाइल पनि प्रहार गरिएको बताएको थियो, जसमध्ये धेरैलाई रोकिएको थियो।

प्रकाशित: २२ वैशाख २०८३ ०७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App