११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

होर्मुज पार गरिरहेका दुई जहाजमाथि इरानको आक्रमण

होर्मुजको स्ट्रेट पार गरिरहेका दुई जहाजमाथि इरानी बन्दुकधारी डुङ्गाहरूले गोली चलाएका छन् । इरानले यस समुद्री मार्गमा कडा नियन्त्रणहरू पुनः लागू गर्ने घोषणा गरेपछि यो घटना भएको हो।

बेलायतको समुद्री व्यापार सञ्चालन केन्द्रका अनुसार, ट्याङ्करका कप्तानहरुले  दुई इरानी क्रान्तिकारी गार्ड बन्दुकधारी डुङ्गाहरूले रेडियो चेतावनी बिना नै सिधै गोली चलाएको बताए। त्यसपछि जहाजहरू होर्मुज पार नगरी फर्किए।

इरानले जलमार्गको सैन्य निगरानीलाई बलियो बनाउने बताएको छ । अमेरिकाले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाउँदै होर्मुज हुँदै ढुवानी पूर्ण सैन्य नियन्त्रणमा रहने बताएको छ।

यसैबीच, अमेरिकाले होर्मुजमाथिको नाकाबन्दी हटाउन अस्वीकार गरेको छ । ट्रम्पले इरानले अमेरिकासँग सम्झौता नभएसम्म यो कायम रहने बताए।

यसका साथै, अमेरिकी केन्द्रीय कमाण्डले सामाजिक सञ्जालमा इरानको बन्दरगाह र तटीय क्षेत्रहरूमा समुद्री नाकाबन्दी कायम रहने र अमेरिकी युद्धपोतले नाकाबन्दी लागू गर्न अरब सागरमा गस्ती गरिरहेको बताएको छ। एजेन्सी 

प्रकाशित: ५ वैशाख २०८३ १८:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App