२४ पुस २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बन्धकहरूको रिहाइको स्वागत गर्दै भारतीय प्रधानमन्त्री मोदीले गरे ट्रम्पको प्रशंसा

फाइल तस्बिर

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायली बन्धकहरूको रिहाइको स्वागत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेका छन्।

प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्, ‘दुई वर्षभन्दा बढी समयसम्म बन्धक बनाएर राखिएका सबै व्यक्तिहरूलाई अन्ततः मुक्त गरिनु स्वागतयोग्य कुरा हो।’

ट्रम्प र नेतन्याहूको सन्दर्भमा मोदीले थप लेखेका छन्, ‘उनीहरूको (बन्धकहरूको) स्वतन्त्रता उनीहरूको परिवारको साहस, राष्ट्रपति ट्रम्पको शान्ति प्रयास र प्रधानमन्त्री नेतन्याहूको दृढ संकल्पको प्रतीक हो।’

सोमबार हमासले २० जना इजरायली बन्धकहरूलाई मुक्त गरेको छ। त्यसको सट्टामा, इजरायलले १,९६८ जना प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गरेको छ।

प्रकाशित: २८ आश्विन २०८२ ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App