निट प्रश्नपत्र लिक प्रकरणमा दोषी ठहर गर्दै राजीनामाको मागसहित निरन्तर आन्दोलन भएपछि भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्।
प्रश्नपत्र लिकको विरोधमा दिल्लीको जन्तरमन्तरमा विगत ३६ दिनदेखि जारी धर्ना र प्रदर्शनका बीच उनले राजीनामा दिएका हुन्।
शिक्षा मन्त्री प्रधानको राजीनामापछि प्रतिक्रिया दिँदै दीपकेले भनेका छन्, ‘मानिसहरू यो सरकारमा राजीनामा हुँदैन भन्थे। झुक्छ संसार, झुकाउने मान्छे चाहियो।’
आन्दोलनकारीहरूले मन्त्री प्रधानको राजीनामाभन्दा कममा सम्झौता नगर्ने अडान राख्दै आएका थिए।
प्रधानको राजीनामालाई आफ्नो जितका रूपमा व्याख्या गर्दै दीपकेले भने, ‘धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। यदि तपाईं डराउनुहुन्न र यो सरकारसामु झुक्नुहुन्न भने जसको पनि राजीनामा लिन सकिन्छ भन्ने कुराको यो प्रमाण हो। लोकतन्त्रमा डराउनुपर्ने आवश्यकता छैन।’
प्रकाशित: ९ श्रावण २०८३ १५:०४ शनिबार





