२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको उच्च अदालत भन्यो: डाक्टरले ‘प्रेस्क्रिप्सन’ बुझिने अक्षरमा लेख्नुपर्छ

भारतमा एक अदालतले डाक्टरहरूलाई लेखनमा सुधार गर्न आदेश जारी गरेको छ। पञ्जाब-हरियाणा उच्च अदालतले डाक्टरलाई प्रेस्क्रिप्सन स्पष्ट र पढ्न सकिने बनाउन निर्देशन दिएको हो। 

दैनिक भास्करका अनुसार आदेश जारी गर्दै न्यायाधीश जसगुरप्रीत सिंह पुरीले भनेका छन्, ‘सरकारी होस् वा निजी, सबै अस्पतालका प्रेस्क्रिप्सन र परीक्षण प्रतिवेदन स्पष्ट अक्षरमा लेखिनुपर्छ। ठूला अक्षरमा, टाइप गरेर वा डिजिटल रूपमा दिँदा राम्रो हुन्छ।’

अदालतले बिरामीको रोग र उपचारबारे जान्न पाउने अधिकारलाई जीवनको अधिकार (धारा २१) को महत्त्वपूर्ण हिस्सा भनेको छ। न्यायाधीश पुरीले राष्ट्रिय चिकित्सा आयोगलाई मेडिकल कलेजका विद्यार्थीलाई स्पष्ट हस्तलेखन सिकाउन आदेश गरेका छन्। 

एक अनुसन्धानअनुसार भारतमा २५ प्रतिशतभन्दा बढी प्रेस्क्रिप्सन अनुभवी डाक्टरलाई पनि पढ्न गाह्रो हुन्छ। अमेरिकामा खराब हस्तलेखनले वार्षिक सात हजार जनाको मृत्यु हुने गरेको छ। 

प्रकाशित: २० भाद्र २०८२ १४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App