१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बद्रीनाथबाट तिर्थयात्री बोकेर फर्केको हेलिकप्टर सम्पर्कविहीन

भारतको उत्तराखण्डस्थित चमोली जिल्लाको जोशीमठ नजिकै पाँच यात्रु र एक पाइलटसहित छ जना सवार हेलिकप्टर बेपत्ता भएको छ।

बद्रीनाथबाट तिर्थयात्री बोकेर देहरादुन जाँदै गरेको चार्ली एक्स–रे कम्पनीको हेलिकप्टरले हाथी पर्वत क्षेत्रमा सम्पर्कविहीन भएकाे हाे।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले खराब मौसमका बीच हेलिकोप्टरसँगको सम्पर्क टुटेको जानकारी दिए। 

जिल्ला प्रशासनले अर्को हेलिकप्टरमार्फत खोजी सुरु गरेको उनले बताए।

उत्तराखण्डका विभिन्न भागमा वर्षा र हिमपात भइरहेको छ। मौसम प्रतिकूल हुने पूर्वानुमानपछि जिल्ला प्रशासनले तीर्थयात्रीको सुरक्षाका लागि सतर्कता बढाएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ १६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App