२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ह्यारीको आकस्मिक युक्रेन भ्रमण: घाइते सैनिकलाई समर्थन

बेलायती राजकुमार ह्यारी शुक्रबार घाइते सैनिक सदस्यको समर्थनका लागि आकस्मिक रूपमा युक्रेन पुग्नुभएको छ। यो उनको चार वर्षभित्रको दोस्रो भ्रमण हो।  

ह्यारीले स्थापना गरेको ‘इन्भिक्टस खेलकुद प्रतियोगिता’ घाइते, रोगग्रस्त वा सेवामा रहेका सैनिक र पूर्वसैनिकका लागि प्यारालिम्पिक शैलीको अन्तर्राष्ट्रिय प्रतियोगिता हो। युक्रेन पनि यो खेल आयोजना गर्न दाबेदार मुलुकमध्ये एक हो।  

उनका प्रतिनिधिले आगमनको पुष्टि गर्दै सैनिकको पुनर्स्थापना र उपचार प्रक्रियामा उनको निरन्तर सहयोग रहने जनाएका छन्।  

राजधानीतर्फको रात्री रेलयात्रामा ह्यारीले गार्डियनसँग भने, ‘हामी युद्ध रोक्न सक्दैनौँ, तर पुनस्थापनाको यात्रामा सकेसम्म सहयोग गर्न सक्छौँ।’ एपी

प्रकाशित: २७ भाद्र २०८२ १६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App