१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमासले इजरायली बन्धकहरूको भिडियो जारी गर्‍यो

हमासले दुई इजरायली बन्धकहरूलाई देखाइएको नयाँ भिडियो जारी गरेको छ। ७ अक्टोबर २०२३ मा इजरायलमाथि आक्रमण गर्दा हमासले उनीहरूलाई बन्धक बनाएको थियो।

भिडियोमा दाबी गरिएको छ कि गाय गिल्बोआ-दलाल अगस्टको अन्त्यतिर गाजा शहरमा थिए।

भिडियोमा उनले आफू र अन्य आठ जनालाई यहाँ बन्धक बनाइएको र इजरायलको स्थलगत कारबाहीको बाबजुद पनि यहीँ रहने बताएको पनि देखिन्छ।

भिडियोमा अर्का बन्धक, एलोन ओहेल पनि देखिएका छन्।

यसअघि, हमासले साझा गरेको इजरायली बन्धकहरूको भिडियोलाई विश्वभरका नेताहरू र पीडित परिवारहरूले 'प्रचार' भन्दै निन्दा गरेका थिए।

इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन-गियोरले गाजामाथि पूर्ण कब्जा गर्नु नै 'बन्धकहरूलाई सुरक्षित रूपमा फिर्ता गर्ने' एक मात्र तरिका भएको बताए। एजेन्सी

प्रकाशित: २१ भाद्र २०८२ ०८:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App