२३ चैत्र २०८२ सोमबार
image/svg+xml
बजार

दुई हजार ६०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा कमी आएको छ। आइतबारको तुलनामा सुन प्रतितोला दुई हजार ६०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई लाख ९१ हजार ४०० रुपैयाँ कायम गरिएको छ। हिजो आइतबार सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। आइतबार प्रतितोला चार हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले घटेर चार हजार ७८० रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि मूल्य समायोजन गरिएको महासंघले जनाएको छ। 

प्रकाशित: २३ चैत्र २०८२ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App