नेपालपछि अफ्रिकी देश माडागास्करमा पनि जेनजी विरोधका कारण सत्ता विद्रोह भएको छ। रोयटर्सको रिपोर्ट अनुसार विपक्षी दलले राष्ट्रपति एन्ड्री राजोलिना देश छोडेर भागेको दाबी गरेको छ।
संसदमा विपक्षी नेता सिटेनी रान्ड्रियाना सोलोनिकोले सेनाले प्रदर्शनकारीहरूलाई समर्थन गरेपछि राष्ट्रपति आइतबार देश छोडेर भागेको बताइन्। उनको ठेगाना हाल अज्ञात छ।
पानी र बिजुलीको अभावका कारण सेप्टेम्बर २५ मा मेडागास्करमा राष्ट्रव्यापी विरोध प्रदर्शन सुरु भयो।
यसअघि राष्ट्रपति कार्यालयले राष्ट्रपति राजोलिनाले सोमबार राति राष्ट्रलाई सम्बोधन गर्ने बताएको थियो।
राजोएलिना आइतबार फ्रान्सेली सैन्य विमानबाट देशबाट प्रस्थान गरेको एक सैन्य स्रोतले रोयटर्सलाई बताएको छ। फ्रान्सेली रेडियो आरएफआईले राष्ट्रपति इमानुएल म्याक्रोनसँग सम्झौता भएको बताएको छ।
आइतबार फ्रान्सेली सैन्य कासा विमान माडागास्करको सेन्टे मेरी विमानस्थलमा अवतरण गरेको स्रोतले जनाएको छ।
प्रकाशित: २८ आश्विन २०८२ ०७:२१ मंगलबार





