१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सय केजी बढी तामा लुट्ने भारतीयसहित ९ जनाको गिरोह पक्राउ

जिल्ला प्रहरी कार्यालय सर्लाही र मातहतका इकाइले विशेष सूचना र प्राविधिक अनुसन्धानको आधारमा कृषि क्षेत्रमा जडान गरिएका ट्रान्सफर्मरबाट तामाको तार चोरी गर्ने ठूलो गिरोहलाई पक्राउ गरेको छ।

यो गिरोहले सर्लाहीका विभिन्न गाउँमा रहेका कृषि ट्रान्सफर्मरका महँगा तामाको तार काटेर चोरी गर्दै आएको थियो। प्रहरीले उनीहरूको साथबाट चोरीमा प्रयोग भएका २ वटा ई-रिक्सा, ५१ थान विभिन्न औजार (कटर, चक्कु, पेंचकस आदि), ११ थान मोबाइल फोन र १०३.८ केजी तामाको तार बरामद गरेको छ।

पक्राउ पर्नेहरूमा नेपालका विभिन्न जिल्ला र भारत बिहारका नागरिकसमेत छन्। उनीहरू यसअघि पनि यस्तै प्रकृतिका अपराधमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ पर्नेहरूः  

१. इलाम माईजोगमाई गाउँपालिका–४ का २८ वर्षीय दुर्गा अधिकारी  
२. सिन्धुपाल्चोक पाँखर गाउँपालिका–१ का ४२ वर्षीय सोनाम लामा  
३. महोत्तरी बर्दिबास नगरपालिका–३ का ५३ वर्षीय बुधे माझी  
४. भारत बिहार पूर्वी चम्पारण हाल वीरगंज–१५ बस्ने ५० वर्षीय सुखाडी सहनी  
५. सोही ठाउँ बस्ने सुखाडीका छोरा २० वर्षीय सरोज कुमार सहनी  
६. भारत बिहार मोतिहारी हरदिया बस्ने ५५ वर्षीय मोहम्मद रयाजुल  
७. वीरगंज महानगरपालिका–१६ का ३३ वर्षीय दिलिप कुमार ओझा  
८. भारत बिहार समस्तीपुरका ३५ वर्षीय संजित पदार्थ  
९. बारा जितपुरसिमरा उपमहानगरपालिका–६ स्थित गढीमाई मेटल उद्योगका संचालक ३९ वर्षीय कृष्ण श्रीवास्तव  

सबैलाई चोरी तथा डाँका मुद्दामा सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। यस्तो संगठित चोरीले किसानको सिंचाइमा ठूलो असर परेकाले प्रहरीले थप गिरोहको खोजी तीव्र पारेको छ।

प्रकाशित: ३ मंसिर २०८२ ०८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App