१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाको मिसिसिपी राज्यमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु

अमेरिकाको मिसिसिपी राज्यमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

अमेरिकास्थित बीबीसीका साझेदार सीबीएससँग कुरा गर्दै शहरका मेयर जोन लीले बताए अनुसार, राज्यको राजधानी ज्याक्सनदेखि करिब १२० किलोमिटर उत्तर–पूर्वमा पर्ने लेल्यान्ड सहरको मुख्य सडकमा मध्यराततिर गोलीबारी भएको हो।

उनका अनुसार, चार घाइतेलाई एयरलिफ्ट गरेर अस्पताल लगिएको छ। हालसम्म कुनै पनि संदिग्धलाई पक्राउ गरिएको छैन।शुक्रबारको दिन अघिल्लो हप्ताको शुक्रबारको तुलनामा लेल्यान्ड निकै व्यस्त थियो, किनभने स्थानीय हाई स्कूलमा फुटबलको खेल भइरहेको थियो।

प्रकाशित: २६ आश्विन २०८२ ०६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App