फिलिपिन्सको एक अदालतले स्थानीय मेयरको पदमा पुगेकी एलिस गुओलाई मानव बेचबिखनको आरोपमा आजीवन कारावास सजाय सुनाएको छ।
मनिलाको उत्तरमा रहेको तारलाक प्रान्तको बाम्बानकी पूर्वमेयर एलिस लील गुओ र उनीसँगै जोडिएका अन्य सात प्रतिवादीलाई बिहीबार पासिग क्षेत्रीय मुद्दा अदालतले दोषी ठहर गर्दै आजीवन कारावासको सजाए सुनाएको हो ।
३५ वर्षीया गुओले चिनियाँद्वारा सञ्चालित अनलाइन जुवा केन्द्र सञ्चालन गरेको र सो केन्द्रमा सयौं विदेशी नागरिकलाई अनलाइन ठगी गर्न भर्ती गरेको अभियोजकले बताएका छन्।
फिलिपिन्सकी सिनेटर रिसा होन्टीभेरोसले गुओलाई ‘भ्रष्टाचार, मानव बेचबिखन, साइबर अपराध र अन्य धेरै अन्तर्राष्ट्रिय अपराध विरुद्धको विजय’ भनेर वर्णन गरेकी छन्।
प्रकाशित: ४ मंसिर २०८२ १४:३३ बिहीबार





