१ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

खाद्यान्न अभावले गाजामा १५९ को ज्यान गयो, मृतक संख्या ६० हजार नाघ्यो

फाइल तस्बिर

हमासको स्वास्थ्य मन्त्रालयले गाजामा सहायता सामग्री पुर्‍याउने प्रयास गर्दा हिजो ९१ जनाको मृत्यु भएको बताएको छ। मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘गत २४ घण्टामा गाजामा कम्तीमा १११ जनाको मृत्यु भएको छ र ८२० जना घाइते भएका छन्।’ 

विज्ञप्तिमा इजरायली आक्रमणमा हालसम्म मारिनेको कुल सङ्ख्या कम्तीमा ६० हजार २४९ पुगेको उल्लेख छ। त्यसैगरी लगभग एक लाख ४७ हजार मानिस घाइते भएका छन्।

मन्त्रालयले भनेको छ, ‘इजरायली आक्रमणमा मारिएका धेरै मानिसको शव भग्नावशेषमा गाडिएको छ र धेरै घाइते सडकमा लडिरहेका छन्। एम्बुलेन्स र नागरिक सुरक्षा टोली यी घाइतेसम्म पुग्न सकिरहेका छैनन्।’  

अर्को विज्ञप्तिमा मन्त्रालयले कुपोषणका कारण थप दुई जनाको मृत्यु भएको बताएको छ। योसँगै खाद्यान्नको अभावमा मृत्यु हुनेको सङ्ख्या १५९ पुगेको छ। बीबीसी

प्रकाशित: १५ श्रावण २०८२ २०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App