कतार एयरवेजले उडान सेवा अझै स्थगित रहेको जनाएको छ।
बुधबार बिहान सामाजिक सञ्जाल एक्समार्फत कम्पनीले जारी गरेको अद्यावधिक सूचनामा 'कतारी हवाई क्षेत्र बन्द गरिएकाले उडान सञ्चालन अस्थायी रूपमा निलम्बित छ' भनिएको छ।
कतार नागरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्र सुरक्षित रूपमा पुनः सञ्चालनका लागि खुला भएको घोषणा गरेपछि मात्रै उडान सेवा पुनः सुरु गरिने कम्पनीले स्पष्ट पारेको छ।
प्रकाशित: २० फाल्गुन २०८२ १४:०७ बुधबार





