५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको युद्धविराम वार्ताको घोषणापछि पनि थाइल्याण्ड र क्याम्बोडियाबिच लडाइँ जारी

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याम्बोडिया र थाइल्याण्ड युद्धविराम वार्तामा सहमत भएको घोषणा गरे पनि दुवै देशको  विवादित सीमा क्षेत्रमा चौथो दिनसम्म गोलाबारी रोकिएको छैन।

अमेरिका र चीनले युद्ध रोक्न आह्वान गरे पनि लडाइँ जारी छ। दुवै पक्षले ताजा विवादको सुरुवात एक अर्काले गरेको आरोप लगाउँदै अहिलेसम्मको हिंसाको दोष पनि एक अर्कामाथि थोपरेका छन्।

थाई र क्याम्बोडियाली अधिकारीहरूका अनुसार विगत बिहीबारदेखि हालसम्म कम्तीमा ३२ जनाको मृत्यु भएको छ र झन्डै २ लाख मानिस विस्थापित भएका छन्। ट्रम्पको घोषणा भएको केही घण्टापछि, आइतबार थाइल्याण्ड सरकारले भनेको छ कि उनीहरू सैन्य कारबाही रोक्न तयार छैनन्। साथै, क्याम्बोडियाले सीमा क्षेत्रको सुरिन प्रान्त लगायतका केही स्थानमा नागरिक इलाकामा भारी तोप हमला जारी राखेको आरोप लगाएको छ।

थाइल्यान्डको विदेश मन्त्रालयले एक वक्तव्यमा भनेको छ, ‘जबसम्म क्याम्बोडियाले मानव अधिकार र मानवतावादी कानुनका आधारभूत सिद्धान्तहरू बारम्बार उल्लङ्घन गरिरहन्छ, त्यति बेला कुनै पनि युद्धविराम सम्भव छैन।’

क्याम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार आइतबार बिहान थाइल्यान्डले क्याम्बोडियाको धेरै स्थानहरूमा ड्रोन आक्रमण, ट्याङ्क फायर, क्लस्टर बम र हवाई बमबारी गरेको छ। एजेन्सी

प्रकाशित: ११ श्रावण २०८२ १३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App