अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले अमेरिका युद्ध जितेको दाबी गरेका छन्।मंगलबार ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने कि इरान परमाणु हतियार नबनाउने सहमतिमा पुगेको छ र अब सम्झौता गर्न तयार भएको छ। उनले अमेरिकी विमानहरू तेहरानको आकाशमा उडिरहेको पनि बताएका छन्।
ट्रम्पका अनुसार लगातार हमलापछि इरान पूर्ण रूपमा कमजोर भइसकेको छ र उसँग सम्झौता गर्नु बाहेक धेरै विकल्प बाँकी छैन। दुई देशबीच वार्ता जारी रहेको र यसमा अमेरिकाका उच्च अधिकारीहरू पनि संलग्न रहेको उनले बताए।
उनले थपे कि अहिले इरान वार्तामा समझदारी देखाइरहेको छ र छिट्टै सम्झौता हुन सक्छ। तर, यदि वार्ता असफल भएमा अमेरिका इरानको ऊर्जा संरचना, विशेषगरी पावर प्लान्टहरूमा फेरि हमला गर्न सक्ने चेतावनी पनि दिएका छन्। एजेन्सी
प्रकाशित: ११ चैत्र २०८२ ०८:३७ बुधबार





