१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलङ्कामा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुग्यो ३५० अझै बेपत्ता

श्रीलङ्कामा हालै आएको चक्रवातले निम्त्याएको मौसमी विपद्का कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुगेको श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले बिहीबार जनाएको छ।

केन्द्रका अनुसार अझै थप ३५० जना बेपत्ता छन् भने राष्ट्रव्यापी रूपमा चार लाख ५५ हजार ४०५ परिवारका १६ लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन्। डिएमसीले विपद्का कारण एक हजार २८९ घरहरू ध्वस्त भएको र ४४ हजार ५०० भन्दा बढी घरमा आंशिक क्षति भएको जनाइएको छ।

कृषि सेवा विभाग अन्तर्गतका एक हजार ७७७ वटा ट्याङ्की, ४८३ वटा बाँध, एक हजार ९३६ वटा नहर र ३२८ वटा सडक क्षति ग्रस्त भएको जनाइएको छ।

यसैबीच चिनियाँ नेताहरूले श्रीलङ्कामा आएको विनाशकारी बाढी प्रति शोक व्यक्त गरेका छन् भने श्रीलङ्काको अनुरोधमा चीनले श्रीलङ्कालाई नगद अनुदान र लाइफ ज्याकेट, टेन्ट लदगायतका आपूर्तिसहित आपतकालीन मानवीय सहायता प्रदान गर्ने निर्णय गरेको छ।

एसियाली विकास बैंकले श्रीलङ्कालाई आपतकालीन अवस्थामा सहयोग गर्न तीस लाख अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ। सिन्ह्वा

प्रकाशित: १८ मंसिर २०८२ १८:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App