९ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गर्भावस्थामा ‘वर्क फ्रम’ होम नदिएकोमा कम्पनीलाई करिब ३ अर्ब जरिवाना

अमेरिकाको ओहायो राज्यमा एक गर्भवती महिलालाई ‘वर्क फ्रम होम’ (घरबाट काम) गर्न अनुमति नदिएको मुद्दामा अदालतले कम्पनीमाथि २.२५ करोड डलर (करिब ३ अर्ब रुपैयाँ) जरिवाना लगाएको छ। महिलालाई कार्यालयमै आएर काम गर्न बाध्य पारिएको कारण समयभन्दा अगावै प्रसूति भएको थियो, जसका कारण नवजात शिशुको केही घण्टामै मृत्यु भएको थियो।

अदालतले भनेको छ –यदि महिलालाई घरबाट काम गर्न दिइएको भए अवस्था फरक हुन सक्थ्यो। यही आधारमा कम्पनीलाई दोषी ठहर गर्दै जरिवाना गरिएको हो।

टोटल क्वालिटी लजिस्टिक्स नामक कम्पनी एक लजिस्टिक्स कम्पनी हो, जसले सामान एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्ने काम गर्छ।

पूरा घटना यसरी भयो

चेल्सी वाल्श नामकी महिला कम्पनीमा कार्यरत थिइन्। उनले सन् २०२१ फेब्रुअरीमा वर्क फ्रम होमको अनुमति मागेकी थिइन्।

तर कम्पनीले उनलाई दुई विकल्प दिएको थियो। या त अफिसमै आएर काम गर्ने, या त बिना तलब बिदा बस्ने। यसले उनको आम्दानी र स्वास्थ्य बीमामा असर पर्ने भएकाले उनी बाध्य भएर फेब्रुअरी २२ देखि अफिस जान थालिन्।

लगातार तीन दिन काम गरेपछि फेब्रुअरी २४ मा उनलाई समयभन्दा अगाडि नै प्रसूति भयो। उनले छोरीलाई जन्म दिइन्, तर जन्मिएको केही घण्टामै शिशुको मृत्यु भयो।

महिलाको गर्भावस्था उच्च जोखिम (हाइ–रिस्क) थियो। डाक्टरले उनलाई घरमै आराम गर्न र वर्क फ्रॉम होम गर्न सुझाव दिएका थिए। तर अफिसमा काम गर्नुपरेका कारण बच्ची करिब १८ हप्ता अगावै जन्मिएकी थिइन्।

जन्मिँदा शिशुले सास लिइरहेको थियो र मुटु पनि धड्किरहेको थियो, तर करिब डेढ घण्टापछि उसको मृत्यु भयो। त्यसपछि परिवारले कम्पनीविरुद्ध मुद्दा दायर गर्‍यो।

परिवारको दाबी थियो–यदि वर्क फ्रॉम होमको अनुमति दिइएको भए, महिलाले पर्याप्त आराम पाउँथिन् र यस्तो घटना टार्न सकिन्थ्यो। यो मुद्दा ह्यामिल्टन काउन्टी अदालतमा चलेको थियो, जहाँ जूरीले कम्पनीलाई दोषी ठहर ग¥यो र २.२५ करोड डलर क्षतिपूर्ति तिर्न आदेश दिएको थियो।

मिडिया रिपोर्ट अनुसार, शिशुको नाम म्याग्नोलिया राखिएको थियो। जन्मिँदा सास र मुटुको धड्कन भए पनि करिब डेढ घण्टापछि उसको मृत्यु भएको थियो। एजेन्सी

प्रकाशित: ९ चैत्र २०८२ ०७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App