भियतनाममा कम्युनिस्ट पार्टीका महासचिव टो लाम राष्ट्रपतिको रूपमा निर्वाचित भएका छन्। ६९ वर्षका लामलाई सर्वसम्मतिले राष्ट्रपति चयन गरिएकाे हाे।
यसले उनलाई पार्टी र राज्य दुवैमा आफ्नो अधिकार सुदृढ गर्न पाँच वर्षको कार्यकालका लागि सशक्त बनाएको छ। शपथ ग्रहणपछि राष्ट्रियसभालाई शान्ति र स्थिरता कायम राख्न आफ्नो सर्वोच्च प्राथमिकता रहेको बताए।
“हामी जनताको जीवनस्तर सुधार गर्ने लक्ष्य राख्छौँ ताकि सबैले विकासका फाइदाहरू साझा गर्न सकून्।”, उनले भने।
सन् २०२४ मा पार्टी प्रमुख न्गुयेन फु ट्रोङको निधनपछि छोटो समयका लागि राष्ट्रपतिको पद सम्हालेका उनले दोस्रो पटक दुवै पद सम्हालेका हुन्।
प्रकाशित: २४ चैत्र २०८२ १७:१२ मंगलबार


-600x400.jpg)


