२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली सेना फिर्ता भएपछि गाजामा हमास र दुग्मुशबीच झडप

तस्बिर : गेट्टी इमेज

गाजामा इजरायली सेना फिर्ता भए पनि झडप रोकिएको छैन । इजरायली सेना फिर्तापछि त्यहाँ शासन गरिरहेको हमास र अर्को विद्रोही समूह दुग्मुश घरानाका लडाकूबीच झडप हुन थालेको हो ।  

इजरायली सेना फर्किएपछि दुग्मुशले पनि त्यहाँको सत्ता कब्जा गर्ने प्रयास गरेको भन्दै हमासले आफ्ना लडाकू परिचालन गरेको छ । त्यही क्रममा दुई सङ्गठनबीच झडप हुँदा कम्तीमा २७ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

इजरायली सैन्य कारबाही अन्त्य भएपछि गाजामा भएको यो सबैभन्दा ठूलो आन्तरिक हिंसात्मक झडप हो । गाजा शहरको जोर्डनियन अस्पताल नजिक नकाबधारी हमास लडाकू र दुग्मुश घरानाका लडाकूबीच गोली हानाहान भएको बीबीसीले उल्लेख गरेको छ ।  

ज्यान गुमाउनेमध्ये ८ जना हमासले परिचालन गरेका लडाकू छन् । हमासद्वारा सञ्चालित गृह मन्त्रालयले गाजामा शान्ति पुनर्स्थापना गर्न प्रयास गरिरहेको बताएको छ ।

प्रकाशित: २७ आश्विन २०८२ १६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App