२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको विजय दिवस परेड: पुटिन, किम र सी एकसाथ देखिए

चीनको राजधानी बेइजिङमा आज विजय दिवस परेड आयोजना हुँदैछ, जसमा चीनले आफ्नो सैन्य शक्ति प्रदर्शन गर्ने भएको छ।

दोस्रो विश्वयुद्धको अन्त्यमा चीनमा जापानले आत्मसमर्पण गरेको ८० औं वार्षिकोत्सवको अवसरमा राष्ट्रपति सी चिनफिङले चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेड आयोजना गर्दैछन्।

परेड अघि चिनियाँ राष्ट्रपति सी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन सँगै देखिएका थिए।

यो पहिलो पटक हो कि तीन नेताहरू सार्वजनिक रूपमा एकसाथ देखा परेका छन्। यी तीन नेताहरू परेड हेर्न आएका विश्वभरका नेताहरूको लाइनको अग्रपंक्तिमा छन्।

चीनले यस परेडमा आमन्त्रित २६ नेताहरूको सूची जारी गरेको छ। यद्यपि, यो परेडमा को को पुगेका छन् भन्ने कुरा अझै स्पष्ट भएको छैन।

यस सूचीमा पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ सहित भियतनाम, मलेसिया, बेलारुस, इरान, जिम्बाब्वे, सर्बिया, स्लोभाकिया, क्युबा र म्यानमार जस्ता देशका नेताहरूको नाम समावेश छ।

प्रकाशित: १८ भाद्र २०८२ ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App