२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘चीनले विकासको भर्‍याङ तान्दैन, बनाउँछ’

चीनले कहिल्यै अरू देशको विकास रोक्न भर्‍याङ तान्ने नभई सँगै अघि बढ्न भर्‍याङ बनाउने गरेको दाबी गरेको छ।

बेइजिङले आफ्नै विकासलाई मात्र ध्यान दिएको र ग्लोबल साउथका अन्य देशको विकासका लागि ‘भर्‍याङ तानिरहेको’ भन्ने टिप्पणीको जवाफमा विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले यस्तो बताएकी हुन्।

उनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत चीनले साझेदार देशलाई पूर्वाधारको खाडल पूरा गर्न सहयोग गरिरहेको बताइन्। साथै, निङले सस्तो औद्योगिक उपकरण तथा प्रविधि उपलब्ध गराएर र अनुभव तथा विशेषज्ञता बाँडेर ती देशको औद्योगिक विकासको लागत घटाउन सहयोग गरेको उल्लेख गरिन्।

उनका अनुसार चीनको शून्य–ट्यारिफ नीति र ‘चीनमा निर्यात गर्नुहोस्’ पहलले ग्लोबल साउथका देशलाई बजार अवसर सिर्जना गर्न र विश्वव्यापी आपूर्ति शृङ्खलामा जोडिन सहयोग गरेको छ।

‘चीनका लागि अन्य देशसँगको सहकार्य सधैँ पारस्परिक सफलताका लागि हो। भर्‍याङ तान्ने भन्ने कथनको ग्लोबल साउथका देशसँग कुनै मेल छैन,’ माओले भनिन्।

चीनले आगामी दिनमा पनि पारस्परिक लाभ र साझा विकासलाई प्राथमिकता दिँदै ग्लोबल साउथका देशको भरपर्दो साझेदार बन्ने उनले जानकारी गराइन्। एजेन्सी

प्रकाशित: २५ भाद्र २०८३ १३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App