२० मंसिर २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोप कम्बोडियाद्वारा अस्वीकार

थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखिएको भन्ने थाइल्यान्डको आरोपलाई अस्वीकार गर्दै कम्बोडियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ।

‘कम्बोडिया सरकारले विज्ञप्तिमा थाइल्यान्डको सीमामा कम्बोडियाले नयाँ बारुदी सुरुङ राखेको आरोपलाई खण्डन तथा अस्वीकार उल्लेख गरिएको छ।

कम्बोडियाको गृहयुद्धको लगभग तीन दशकदेखि, कम्बोडिया–थाइल्यान्ड सीमामा रहेका अधिकांश बारुदी सुरुङ कठिन भूभाग र सीमा क्षेत्रको स्थितिका कारण अझै सफा नगरिएको हाल विस्फोट भएको हुन सक्ने विषयलाई नजरअन्दाज गर्न नहुनेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसै गरी संयुक्त शान्ति घोषणापत्र रोक्ने थाइल्यान्डको निर्णयप्रति कम्बोडिया सरकार चिन्तित रहेको जनाउँदै ‘कम्बोडिया संयुक्त घोषणापत्र कार्यान्वयन गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले सीमा क्षेत्रको प्रेह विहार मन्दिर नजिकै बारुदी सुरुङ विस्फोट हुँदा दुई थाई सैनिक घाइते भएपछि सोमबार दुई देशबिचको संयुक्त शान्ति सम्झौता कार्यान्वयन स्थगित गर्न आदेश दिएका थिए। सिन्ह्वा

प्रकाशित: २५ कार्तिक २०८२ १३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App