२६ आश्विन २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्याफे सञ्चालक मृ`त्यु प्रकरण : प्रेमिका फरार, ब्ल्याकमेलको आरोप

तस्बिर : एनडीटीभी<br>

भारतको उत्तर प्रदेशस्थित लखनउमा क्याफे सञ्चालक शिव शर्माको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सामाजिक सञ्जाल प्रभावकारी तथा मोडल श्रद्धा दुबे फरार छिन्। प्रहरीले उनको खोजी गरिरहेको छ। श्रद्धाकी बहिनी रश्मी, चालक र आदिल नामका सहयोगीको पनि खोजी भइरहेको छ।

शिवकी आमा रञ्जना शर्माले छोरा र श्रद्धाबिच भएका च्याट प्रहरीलाई बुझाएकी छिन्। ती संवादमा छोरालाई ब्ल्याकमेल गर्ने र धम्की दिने गरेको प्रमाण रहेको परिवारको दाबी छ।

दाबीअनुसार श्रद्धाले प्रभावशाली राजनीतिज्ञ, उच्च सरकारी अधिकारी र भारतीय क्रिकेट खेलाडीसँग आफ्नो सम्बन्ध रहेको भन्दै शिवलाई दबाब दिने गरेको आरोप छ। उनको इन्स्टाग्राममा करिब एक लाख ४१ हजार फलोअर छन्।

प्रहरीले शिव खसेको भनिएको अवध ग्रीन अपार्टमेन्टको चौथो तलाको बार्दलीबाट उनलाई धकेलिएको थियो वा थिएन भन्नेबारे अनुसन्धान गरिरहेको छ। घटनास्थलमा फरेन्सिक टोलीले प्रमाण संकलन गरिरहेको छ।

परिवारका अनुसार श्रद्धाका सहयोगीको फोन आएपछि उनीहरू किङ जर्ज मेडिकल युनिभर्सिटी (केजीएमयू) अस्पताल पुगेका थिए। त्यहाँ शिवलाई ल्याउने व्यक्तिहरूले उनलाई टाढैबाट देखाएर तत्कालै त्यहाँबाट गएको परिवारको दाबी छ।

प्रहरी निरीक्षक विक्रम सिंहलाई घटनाको अनुसन्धानको जिम्मेवारी दिइएको छ। शिव खस्नुअघि के भएको थियो र उनलाई लागेको चोटको प्रकृति के थियो भन्नेबारे पोस्टमार्टम रिपोर्टबाट थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २५ आश्विन २०८३ १४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App