बेरोजगार भनेर जिस्काएको भन्दै एक श्रीमानले आफ्नै श्रीमतीको ज्यान लिएका छन्। श्रीमतीले बेरोजगारीको बारेमा मजाक गरेको भन्दै आक्रोशित श्रीमानले महिलाको ज्यान लिएका हुन्। घटना भारतको गुजरातको बडो दरा सहरको हो।
मासिक शेखले आइतबार राति बडो दरा सहरको तण्डलजा क्षेत्रमा रहेको आफ्नो घरमा महिलाको घाँटी थिचेर हत्या गरेको टाइम्स अफ इन्डियाले जानकारी दिएको छ। प्रहरीले हत्याको उजुरी दर्ता गरी सोमबार शेखलाई पक्राउ गरेर अनुसन्धान थालेको छ।
प्रहरीका अनुसार शेख र उनकी श्रीमती २३ वर्षीया मिस्बाह बेरोजगारी लगायत विभिन्न समस्यालाई लिएर बारम्बार झगडा गर्थे। ‘शेख काम गर्दैनथे र घरमै धेरै समय बिताउँछन्। सो कुरालाई लिएर मिस्बाह रिसाउने गर्थिन्। उनी केही पैसा कमाउन भन्थिन्,’ जेपी रोड प्रहरी चौकीका इन्स्पेक्टर एसएम सागरले भने।
उनका अनुसार छिमेकीहरूलाई पनि उनीहरूको झगडाबारे थाहा थियो।
आइतबार राति मिस्बाहले आफ्नो छ महिनाको बच्चालाई हिर्काएको आरोपपछि दम्पती फेरि झगडा गर्न पुगे। सागरले भने, ‘शेखले भने कि उनी रिसाए र बच्चालाई नहिर्काउन भने। मिस्बाहले उनलाई टाढा रहन भनिन्। अनि उनको बेरोजगारीबारे गिज्याउन थालिन्। त्यसपछि उनले आफ्नो रिस काबुमा राख्न नसकेर आक्रमण गरेका हुन्। उनले उनको घाँटी समातेर घाँटी थिचेर हत्या गरे।’
प्रहरी घटनाबारे थाहा पाएर घटनास्थल पुगेको थियो। एक प्रहरी अधिकारीका अनुसार अपराध गर्दा शेखले मदिरा सेवनजस्ता कुनै कुरा सेवन गरेका थिएनन्। उनी लामो समयदेखि बेरोजगार भएको पाइएको छ। एजेन्सी
प्रकाशित: ५ मंसिर २०८२ ०९:२६ शुक्रबार





