१ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्राजिलको सर्वोच्च अदालतद्वारा पूर्वराष्ट्रपति बोल्सोनारोलाई घरमै नजरबन्द गर्न आदेश

ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई घरमै नजरबन्दमा राख्न आदेश दिएको छ। बोल्सोनारोमाथि 'कू' को आरोपमा मुद्दा चलिरहेको छ।

उनले कथित 'कू' षड्यन्त्रमा कुनै पनि संलग्नता अस्वीकार गरेका छन्। न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले बोल्सोनारोले गत महिना आफूमाथि लगाइएको प्रतिबन्धको पालना नगरेकाले यो निर्णय गरिएको बताए।

यसमा बोल्सोनारोको कानुनी टोलीले रोक आदेश उल्लङ्घन गरेको अस्वीकार गर्‍यो र यो निर्णयविरुद्ध अपील गर्ने बताएको थियो।

ब्राजिलको सर्वोच्च अदालतको यो आदेशको अमेरिकाले निन्दा गरेको छ। एजेन्सी

प्रकाशित: २० श्रावण २०८२ ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App