२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

निर्वाचन आयोगसँग मिलेर भाजपा भोट चोरी गर्दैछ : राहुल गान्धी

भारतीय कांग्रेस र इन्डिया गठबन्धनले आइतबार बिहारको सासारामबाट 'मतदाता अधिकार यात्रा' सुरु गरेको छ।

त्यस क्रममा कांग्रेस नेता राहुल गान्धीले फेरि एक पटक विधानसभा र लोकसभा चुनावमा 'भोट चोरी' भएको आरोप लगाएका छन्।

नेता गान्धीले भाजपा र निर्वाचन आयोगले 'भोट चोर्न' मिलेर काम गरिरहेको आरोप लगाए। उनले बिहारमा भइरहेको विशेष गहन संशोधन (एसआईआर) भोट चोर्ने प्रयास भएको उल्लेख गरे। 

राहुल गान्धीले भने, 'भारतभर विधानसभा चुनाव र लोकसभा चुनावहरू चोरी भइरहेका छन्। उनीहरूको अन्तिम षड्यन्त्र बिहारमा सर गर्ने र नयाँ मतदाताहरू थपेर, मतदाताहरूलाई काटेर बिहारको चुनाव चोर्ने हो। हामी उनीहरूलाई यी चुनावहरू चोर्न दिने छैनौँ।'

यसैबिच, भाजपाले यसलाई निराधार प्रचार भन्दै गान्धीको कुनै पनि भ्रमण सफल नहुने स्पष्ट गरेको छ। 

प्रकाशित: १ भाद्र २०८२ १५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App