१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बिल र हिलारी क्लिन्टनले जोहरान ममदानीलाई बधाई दिए

पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले जोहरान ममदानीलाई न्यूयोर्कको मेयर चुनाव जितेको अवसरमा बधाई दिएका छन्।

क्लिन्टनले भने, ‘जोहरान ममदानी, तपाईंलाई न्यूयोर्कको मेयर बनेकोमा बधाई। तपाईंको अभियानको उत्साह र जोशलाई एक राम्रो, न्यायपूर्ण र सबैका लागि पहुँचयोग्य न्यूयोर्क निर्माण गर्ने प्रयासमा रूपान्तरण गर्नुहोस् भन्ने मेरो शुभकामना छ।’

बिल क्लिन्टनकी पत्नी र पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले पनि जोहरान ममदानीलाई बधाई दिएकी छन्।

उनले लेखेकी छन्, ‘यस वर्ष न्यूयोर्क सिटीको चुनावमा गत ५० वर्षको तुलनामा बढी मानिसहरूले मतदान गरे। यो लोकतन्त्रको जित हो र जोहरान ममदानीको प्रेरणादायक अभियानको प्रमाण पनि हो। संसारको महानतम सहरका नयाँ मेयरलाई बधाई!’

प्रकाशित: १९ कार्तिक २०८२ १०:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App