२ श्रावण २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दायर गर्दै लेखिकाले मागिन् क्षतिपूर्ति

सर्वोच्च अदालतको फैसलापछि अदालत पुगेकी लेखिका ई. जीन क्यारोलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्णायक मण्डलले दिएको ५० लाख डलर क्षतिपूर्ति तिर्न आदेश दिन अनुरोध गरेकी छन्।

तीन वर्षअघि एउटा नागरिक मुद्दामा निर्णायक मण्डलले ट्रम्पलाई क्यारोलमाथि यौन दुर्व्यवहार गरेको र पछि उनलाई बदनाम गरेकोमा जिम्मेवार ठहराएको थियो।

अमेरिकी सर्वोच्च अदालतले मुद्दाको पुनर्सुनुवाइका लागि ट्रम्पको निवेदन अस्वीकार गरेको एक दिनपछि लेखिकाको अनुरोध आएको हो।

मे २०२३ मा न्यूयोर्कको एक निर्णायक मण्डलले क्यारोलको पक्षमा फैसला सुनायो र उनलाई ५० लाख डलर क्षतिपूर्ति दिन भन्यो।

क्यारोलले १९९० को दशकमा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् र पछि सामाजिक सञ्जालमा उक्त घटनालाई झूटो र बनावटी भनेर वर्णन गरेकी थिइन्।

ट्रम्पले आरोप अस्वीकार गरेका छन्। ८२ वर्षीया क्यारोलले पहिले पत्रिकाको स्तम्भकारको रूपमा काम गरेकी थिइन्। उनले १९९० को दशकको मध्यतिर म्यानहट्टनको बर्गडोर्फ गुडम्यान डिपार्टमेन्ट स्टोरको ट्रायल रुममा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्।

२०२२ मा ट्रुथ सोसलमा पोस्ट मार्फत ट्रम्पले उनको आरोपलाई झूटो भन्दै बदनाम गरेको पनि बताएका छन्।

प्रकाशित: १८ असार २०८३ १२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App