२१ माघ २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतमा यहूदीहरूमाथि भएको आक्रमण 'क्रूर आतंकवादी आक्रम' हो : नेतान्याहू

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बेलायतमा यहूदीहरूमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै यसलाई 'क्रूर आतंकवादी आक्रमण' भनेका छन्।

'म्यानचेस्टरमा भएको क्रूर आतंकवादी आक्रमणपछि इजरायलले बेलायतको यहूदी समुदायसँग शोक मनाएको छ। हाम्रो विचार मारिएकाहरूका परिवारसँग छ,' नेतान्याहूले ट्विटरमा लेखे।

उनले भने, 'मैले संयुक्त राष्ट्र संघमा चेतावनी दिएझैं: आतंकवादको सामना गर्न कमजोरी देखाउनाले थप आतंकवादलाई बढावा दिन्छ। केवल शक्ति र एकताले यसलाई परास्त गर्न सक्छ।'

बेलायतको म्यानचेस्टरमा रहेको एउटा यहूदी प्रार्थनास्थल नजिकै भएको 'आतंकवादी आक्रमण'मा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

यो घटना योम किप्पुरमा भएको थियो, जुन यहूदी पात्रोमा सबैभन्दा पवित्र दिन मानिन्छ।

प्रकाशित: १७ आश्विन २०८२ १२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App