५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नेपालीसहित २६ जना मारिएको घटनामा संलग्न सबै आतंककारी मारिए : गृहमन्त्री शाह

भारतीय सुरक्षा बलको कारबाहीमा भारतीय कश्मीरमा हिन्दु पर्यटकमाथि आक्रमणमा संलग्न तीन बन्दुकधारी मारिएको गृहमन्त्री अमित शाहले जानकारी दिएका छन्। 

अप्रिल २२ मा भारतीय कश्मीरको लोकप्रिय रिसोर्ट सहरमा एक नेपालीसहित २६ जनाको गोली हानी हत्या भएको तीन महिनाभन्दा बढी समयपछि सोमबार सैन्य कारबाहीमा भारी हतियारधारी ती मानिस मारिएको जानकारी दिएका हुन्। 

‘म संसद्लाई भन्न चाहन्छु कि बैसरनमा आक्रमण गर्नेहरू तीन आतङ्कवादी थिए र तीनै जना मारिए,’ उनले भने।  

शाहले मारिएका तीनमध्ये दुई जना पाकिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घद्वारा घोषित आतङ्कवादी समूह लस्कर–ए–तैयबाका सदस्यका रूपमा पहिचान गरेका छन्। 

‘भारतीय सुरक्षा निकायहरूसँग आक्रमणमा उनीहरूको संलग्नताको विस्तृत प्रमाण छ,’ उनले संसद्को तल्लो सदन (लोकसभा) मा भने।  

सोमबारको अपरेसन विवादित क्षेत्रको मुख्य सहर श्रीनगरबाट करिब ३० किलोमिटर (१८ माइल) टाढाको दाचिगामको पहाडमा भएको सेनाले एक विज्ञप्तिमा जनाएको छ। 

अप्रिलमा भएको आक्रमणमा पहलगाम नजिकैको जङ्गलबाट बन्दुकधारीहरू बाहिर निस्केर आगन्तुकहरूको भीडमाथि स्वचालित हतियारहरूले गोलाबारी गरेका थिए। 

मारिएका सबै व्यक्ति नेपालका एक जना बाहेक भारतका बासिन्दाका रूपमा सूचीबद्ध थिए।  

भारतले पाकिस्तानलाई आक्रमणकारीहरूलाई समर्थन गरेको आरोप लगाए। उक्त आरोपलाई इस्लामाबादले अस्वीकार गरेको थियो, जसले गर्दा मे महिनामा आणविक–सशस्त्र प्रतिद्वन्द्वीहरूबिच चार दिनको तीव्र द्वन्द्व हुँदा दुवै पक्षका ७० भन्दा बढी मानिसको मृत्यु भयो।  

मुस्लिम बहुल कश्मीर सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै भारत र पाकिस्तानबिच विभाजित छ र दुवैले यस क्षेत्रलाई पूर्ण रूपमा दाबी गर्ने भारत पाकिस्तानले यसको नियन्त्रणलाई लिएर दुई युद्ध र धेरै द्वन्द्व लडेका छन्। एएफपी

प्रकाशित: १३ श्रावण २०८२ १७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App