२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लन्डनको साउथेन्ड विमानस्थलमा विमान दुर्घटनाग्रस्त

लन्डनको साउथेन्ड विमानस्थलमा एउटा सानो विमान दुर्घटनाग्रस्त भएको छ। द मिररका अनुसार दुर्घटना आइबार दिउँसो ४ बजेतिर भएको थियो। विमानमा कति जना सवार थिए भन्ने अझै स्पष्ट छैन।

प्रारम्भिक रिपोर्ट अनुसार किङ एयर बी-२०० विमान उडान भर्ने बित्तिकै दुर्घटनामा परेको थियो। विमान नेदरल्याण्ड्सका लागि उडिरहेको अनुमान गरिएको छ। घटनापछि आपतकालीन टोलीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए। हाल राहत कार्य जारी छ।

सावधानीको रूपमा प्रहरीले नजिकैको रोचफोर्ड हन्ड्रेड गल्फ क्लब र वेस्टक्लिफ रग्बी क्लब खाली गरायो।

एसेक्स प्रहरीका प्रवक्ताले आपतकालीन टोली राहत कार्यमा संलग्न रहेको बताए। राहत र अनुसन्धान कार्य पूरा नभएसम्म उनले सर्वसाधारणलाई यस क्षेत्रबाट टाढा रहन अपील गरेका छन्। एजेन्सी

प्रकाशित: ३० असार २०८२ ०७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App