२ श्रावण २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्धनको मूल्य बढेपछि उडानमा कटौती गर्दै एयर इन्डिया

एयर इन्डियाले मध्यपूर्व युद्धको कारण इन्धनको मूल्य बढे पछि अन्तर्राष्ट्रिय उडान कटौती गर्ने र अस्थायी रूपमा धेरै घरेलु उडानहरु घटाउने बताएको छ।

फेब्रुअरी –२८ मा तेहरानमा भएको अमेरिकी–इजरायली आक्रमण पछि इरानले स्ट्रेट अफ होर्मुज बन्द गरे पछि उड्डयन इन्धनको मूल्य बढेको छ।

प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै एयरलाइन्सको पाँचौँ भन्दा बढी घरेलु उडानहरू प्रभावित हुन सक्ने सुझाव दिएको छ।

उडान परिवर्तनबाट प्रभावित यात्रुहरूलाई वैकल्पिक उडानहरूमा पुनः बुक गरिने वा पूर्ण फिर्ती प्रस्ताव गरिने एयरलाइन्सले जनाएको छ।

एयर इन्डियाले अवस्था स्थिर भए पछि पुनः उडान नियमित गर्ने योजना सहित यो निर्णय गरेको जनाएको छ।

यस अघि एयर इन्डियाले मे महिनाको सुरुमा नयाँ दिल्ली, मुम्बई र चेन्नई लगायत भारतीय सहरहरूबाट शिकागो, साङ्घाई, माले र सिङ्गापुर जाने उडानहरु जुन र अगस्टको बिचमा स्थगित गरेको घोषणा गरेको थियो।

प्रकाशित: १३ जेष्ठ २०८३ १७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App