भारतको विहार राज्यको सहरसा जिल्लामा आज बिहान यात्रुवाहक रेलमा आगलागी भएको छ। आगलागीबाट रेलको इन्जिन र एउटा डब्बामा क्षति पुगेको छ। यात्रुहरूलाई तत्काल नै उद्धार गरिएकाले कुनै मानवीय क्षति नभएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
समस्तीपुर–सहरसा यात्रुवाहक रेलको इन्जिनमा करिब ३ः४० बजे सिमरी बख्तियारपुर रेल स्टेशनमा आगलागी भएको हो। इन्जिनमा आगलागीको सूचना प्राप्त हुनसाथ फोम टेन्डर र पानी टेन्डर पठाएर आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीको कारण भने अझै खुल्न सकेको छैन। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको जनाएको छ। एएनआई
प्रकाशित: १८ श्रावण २०८३ १३:३८ सोमबार





