भारतद्वारा चन्द्रयान–२ को प्रक्षेपण

एक साताअघि प्राविधिक कारण देखाइ स्थगित गरिएको चन्द्रयान–२ लाई भारतले सोमबार अन्तररिक्षमा प्रक्षेपण गरेको छ । अहिलेसम्म मानव पाइला नपुगेको र कम अन्वेषण गरिएको चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–२ लाई अवतरण गर्ने प्रयास गरिने बताइएको छ । यो अभियानअन्तर्गत चन्द्रमाको सतहमा पानी र खनिजको खोज अघि बढाइने भारतीय अन्तरिक्ष निकाय (आइएसआरओ) लाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ । चन्द्रमामा गएका कम्पनको मापन गर्ने योजना पनि अभियानको रहेको छ ।