बेलायती संसद् निलम्बन : महारानीसँग झुट नबोलेको जोनसनको दाबी

संसद् स्थगनको विषयमा महारानी एलिजाबेथ द्धितीयालाई झुट बोलेको भन्ने आरोपको बेलायती प्रधानमन्त्री बोरिस जोसनले अस्वीकार गरेका छन्। पाँच सातासम्म बेलायती संसद् निलम्बनको विषयमा महारानी एलिजाबेथलाई आफूले सुझाव दिने क्रममा कुनै झुट नबोलेको जोनसनको जिकिर रहेको छ।