चुनावी अभियान लक्षित विस्फोट, ४८ को मृत्यु
अफगानिस्तानका राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित पार्ने लक्ष्यका साथ गराइएको विस्फोटमा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।
अफगानिस्तानका राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित पार्ने लक्ष्यका साथ गराइएको विस्फोटमा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी प्रविधि प्रयोग गर्न नदिने चेतावनी दिनुअघि नै सम्भावित खतरालाई विचार गरी हुवावेले प्रविधि अनुसन्धानका कार्यमा लगानी बढाएको छ।
अस्पतालमा उपचाररत आमाका लागि पैसा लिन घर गएका युवक छिमेकमै रहेकी प्रेमीकालाई भेट्न उनको घर पुगेका थिए। तर जिउँदै जलाएर मारिए।
यसअघि केन्द्रीय मन्त्री जितेन्द्र सिंहले पनि कश्मीरलाई भारतीय भूभाग बनाउने अबको एजेण्डा भएको बताएका थिए।
प्रशान्त महासागरीय मुलुक सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ। प्रशान्त महासागर क्षेत्रमा सोलोमन द्वीप ताइबानको सबैभन्दा ठूलो गठबन्धन मुलुक थियो।
फिलिपिन्सको दक्षिणी भू–भागमा पर्ने कोटाबाटो प्रान्तमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ।
दक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको छ। मंगलबार यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुरा पुष्टी गरेका छन्।
साउदी अरबका तेल प्रशोधनस्थलमा शनिबार बिहान सबेरै भएका आक्रमणमा इरान संलग्न भएको भन्दै अमेरिकाले प्रमाण सार्वजनिक गरेको छ। वासिङ्टनले आफ्नो गुप्तचर निकायको भनाइ उद्धृत गर्दै शनिबारको आक्रमणमा इरानको संलग्नता रहेको बताएको हो। उसले प्रमाणस्वरूप तेल प्रशोधनस्थलका भूउपग्रहबाट खिचिएका तस्बिर सार्वजनिक गरेको छ।
उत्तर कोरियाले संयुक्त राज्य अमेरिकासँग ‘निर्णायक’ वार्ताका लागि तयारी वार्ता गर्न आफू सकारात्मक रहेको सोमबार जनाएको छ । ‘अमेरिका–उत्तर कोरिया वार्ताका लागि कि त सम्बन्ध सुधार गर्ने कि तनावको सामना गर्ने दुई विकल्प रहेका छन्,’ राज्य सञ्चालित कोरियाली केन्द्रीय समाचार संस्था (केसिएनए) ले विदेश मन्त्रालय अन्तर्गत अमेरिकी मामिला विभागका महानिर्देशकलाई उद्धृत गर्दै भनेको छ ।
रोहिन्जा मुसलमान समुदायका व्यक्तिमाथि म्यानमारमा अझै पनि जातीय संहारको खतरा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघीय अनुसन्धानकर्ताहरुले सोमबार दिएको जानकारी अनुसार देशबाट बाहिरनु पर्ने अवस्था फेरि दोहोरिन सक्ने सम्भावना अझैपनि रहेको छ ।
भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशस्थित गोदावरी नदीमा आइतबार दिउँसो भएको डंगा दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २० भन्दा बढी बेपत्ता भएका छन् ।
संयुक्त राज्य अमेरिकास्थित युनाइटेड अटो वर्कर्स युनियन ( युएडब्लु)ले जनरल मोटर्स (जिएम) विरुद्ध सोमबार राष्ट्रव्यापी हड्ताल सुरु गरेको छ। मजदुरसँगको सम्झौताका विषयमा विवाद उत्पन्न भएपछि अमेरिकाभरका करिब ४६ हजार मजदुर हड्तालमा उत्रिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।
अमेरिकाको इन्डियाना राज्यका पूर्वचिकित्सकको इलिनोइसस्थित घरबाट दुई हजारभन्दा बढी मानव भ्रुणका अवशेष फेला परेको अधिकारीहरुले बताएका छन्।
साउदी अरबको दुईवटा प्रमुख तेल प्रशोधनस्थलमा भएको आक्रमणमा इरानको संलग्नता रहेको भन्ने अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको आरोपप्रति इरानले कडा शब्दमा निन्दा गरेको छ।
भारतीय सेनाले जम्मु कश्मीरको नौसेर क्षेत्रको गाउँमा सुरक्षा दललाई शनिबार सैन्य तालिम दिएको छ। स्वयमसेवकको रूपमा काम गर्ने गरी उनीहरुलाई तालिम दिइएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन्।
आइतबार हङकङ भएको सरकारविरोधी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सहरको सरकारी कार्यालय नजिकै भएको प्रदर्शनमा प्रदर्शनकारीले इँटा र पेट्रोल बम प्रहार गरेपछि प्रहरीले पनि उनीहरुलाई तितरवितर पार्नका लागि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको बताइएको छ ।
आगन्तुकहरुलाई प्रयोगका गर्न लागि आमन्त्रण गरिएको र प्रयोग गर्न मिल्ने खालको उक्त शौचालय हालसम्म फेला परेको छैन। यद्यपि चोरीको आशंकामा एक ६६ वर्षे वृद्ध पक्राउ परेको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।
स्कटल्यान्डको अदालतका न्यायाधीशले संसद् निलम्बन गर्न बेलायती प्रधानमन्त्री जोनसनले महारानी एलिजाबेथलाई दिएको सल्लाह गलत भएको धारणा सार्वजनिक गरिसकेका छन् ।
अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दाहारमा आफ्नै सहकर्मीले चलाएको गोली लागी कम्तीमा नौ प्रहरीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्।
मलेसियाका दुई मुख्य विपक्षी दलहरूले शनिबार एउटै गठबन्धन बनाएका छन्। बहुसंख्यक मुस्लीमहरूको मत तान्नका लागि उनीहरुले गठबन्धन बनाएको बताइएको छ।
साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणको कारण आगलागी भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार काउन्सिलको ४२ औँ बैठकअघि प्रदर्शन गरिएको अन्तराष्ट्रि संचारमाध्यहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनका लागि बलोच मानवअधिकार काउन्सिलको अगुवाइमा प्रदर्शन गरिएको हाृ । बलोचिस्तानमा हुने गरेको अपहरण, गैरन्यायिक हत्या तथा मानव अधिकार उल्लंघनका घटनाबारे अन्तर्राष्ट्रिय जगतलाई ध्यानाकर्षण गराउनको लागि बलोच मानवअधिकार काउन्सिलले प्रदर्शन गरेको हो।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो देशले अफगानिस्तानमा आतंकवादविरुद्धको लडाईमा अमेरिकालाई साथ दिएर गल्ती गरेको बताएका छन्। अफगानिस्तानमा आफ्नो असफलतालाई लिएर अमेरिकाले पाकिस्तानमाथि दोष लगाउनु गलत भएको उनको भनाई छ।
संयुक्त राज्य अमेरिकाले सुगन्धित इ–चुरोट (विद्युतीय चुरोट)को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।