पाकिस्तानमा बस दुर्घटना हुँदा २६ को मृत्यु, १२ घाइते
पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ। आइतबार विहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते पनि भएको स्थानीय प्रहरीले जनाएको छ।
पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ। आइतबार विहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते पनि भएको स्थानीय प्रहरीले जनाएको छ।
संयुक्त राज्य अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउने भएको छ । साउदी अरबका दुई महŒवपूर्ण तेल प्रशोधनस्थलमा ड्रोन हमला भएपछि अमेरिकाले यस्तो कदम चाल्न लागेको हो ।
हङकङमा शनिबार भएको सरकारविरोधी प्रदर्शनका सहभागीलाई तितरवितर पार्नका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
सामाजिक सञ्जाल फेसबुकले दशौं हजार एप्सलाई निलम्बन गरेको छ । सन् २०१८ मार्चमा प्रकाशित क्याम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले राष्ट्रसंघका कामहरूको अभिन्न अङ्ग बन्दै आएकोमा चीनको प्रशंसा गरेका छन्।
पाकिस्तानमा डेंगीका कारण यस बर्ष १६ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ।
युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतमा एक जना पूर्वमन्त्री तथा सत्तारुढ दलका नेतालाई गिरफ्तार गरिएको छ।
साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धन सेनाले शुक्रबार बिहान यमनको ‘लाल सागर’ बन्दरगाह शहर होडेडाको चारवटा क्षेत्रलाई लक्षित गरी हवाई कारबाही गरेको छ। यमनी हुथी विद्रोहीहरूलाई लक्ष्य गरी उक्त कारबाही भएको बताइएको छ।
अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर बसेका स्थानलक्षित बिहीबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी १८ अफगान नागरिकको मृत्यु भएको छ।
उत्तरी वासिङ्टन डिसीमा बिहीबार राती भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ। यस घटना अन्य पाँच घाइते भएका प्रहरीले जनाएको छ।
दक्षिण कोरिया र जापानका उच्च कुटनीतिक तहमा कोरियाली युद्धताकाको जबर्जस्ती श्रम र द्विपक्षीय व्यापार विवादका विषयमा टोकियोमा शुक्रबार वार्ता भएको छ।
संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा रहेका क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिकाले देश छाड्न आदेश दिएको छ।
संकटग्रस्त बैंकको लेबनानको केन्द्रीय बैंकले अमेरिकाद्वारा प्रतिबन्धका कारण आर्थिक संकट झेल्न बाध्य भएको एक स्वदेशी बैंकको ऋण मिनाह गर्न बिहीबार सहमत भएको छ । अमेरिकाले लेबनानी जम्माल ट्रस्ट बैंक (जेटिबी) एसएएललाई स्थानीय सिया आन्दोलन हेजबुल्लालाई सघाएको आरोप लगाउँदै गत महिना प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।ऋण मिनाह
इस्लामिक स्टेट (आइएस) लक्षित अमेरिकी ड्रोन हमलाका कारण अफगानिस्तानमा कम्तीमा ३० सर्वसाधारणको मृत्यु भएको छ। अधिकारीहरुका अनुसार दिउँसोको काम सकेर आराम गरिरहेका खेतमा काम गर्ने मजदुर अमेरिकी ड्रोन हमलामा परेका हुन्।
साउदी अरबका दुई ठूला तेल प्रशोधनस्थलमा भएका आक्रमणमा जबर्जस्ती मुछ्न खोजेको भन्दै इरानले युद्धको चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वलाई युद्धमा धकेल्न खोजेको आरोप लगाउँदै तेहरानले यस्तो चेतावनी दिएको हो।
थाइल्यान्डको प्रकोप व्यवस्थापन विभागले २० हजार भन्दाबढी मानिस बाढीका कारण विभिन्न ठाउँमा फसिरहेको जनाएको छ। विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार २० हजार ६ सय २० जना बाढीका कारण उत्तरपूर्वी प्रदेशहरुमा फसेका छन्।
इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।
थाइल्याण्डको प्रकोप व्यवस्थापन विभागले २० हजार भन्दा बढी पीडितहरू बाढीका कारण विभिन्न ठाउँमा बसेको जनाएको छ।
अफगानिस्तानका विद्रोही तालिबान समूहका मुख्य मध्यस्थकर्ताले संयुक्त राज्य अमेरिकासँग ‘वार्ताको ढोका’ अझै खुला रहेको बताएका छन्।
साउदी अबरले गत शनिबार बिहानै आफ्ना कच्चा तेल प्रशोधनस्थलमा भएका आक्रमणमा इरानको संलग्नता रहेकोबारे ठोस प्रमाण दिने प्रतिबद्धता जनाएको छ।
गत अगस्ट महिनामा जापानको आयात पनि घटेको पाइएको छ। आयातमा भएको गिरावट विगत तीन वर्षकै सबैभन्दा बढी हो।
सरकारको विरोध गर्ने विभिन्न देशमा विभिन्न शैली हुन्छन्। यसैबीच दक्षिण कोरियाली विपक्षी नेताहरुले सरकारको विरोध गर्न अपनाएको शैलीले विश्वको ध्यान खिचेको छ। सरकारको विरोध गर्नका लागि दक्षिण कोरियाका एक विपक्षी नेताले आफ्नो कपाल मुण्डन गरेका छन्। ह्वाङ क्यो–अहान नामका ती नेताले सरकारको विरोध गर्नका लागि सोमबार साँझ राष्ट्रपतीय दरबार अगाडि समर्थक र पत्रकारहरुका अगाडि आफ्नो टाउकोमा रहेको सबै कपाल खौरिएका हुन्।
कश्मीरका दिग्गज सांसद एवं पूर्वमुख्यमन्त्री फारुक अब्दुल्लाह पक्राउ परेको विषयले भारतमा चर्को बहस निम्त्याएको छ ।विवादास्पद एउटा कानुनका आधारमा पूर्वमुख्यमन्त्री अब्दुल्लाह पक्राउ परेको भन्दै भारतभर आक्रोश पैदा भएको बिबिसीले उल्लेख गरेको छ ।
अफगानिस्तानका राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित पार्ने लक्ष्यका साथ गराइएको विस्फोटमा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।