८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

वेलायती राजकुमार विलियम्सले जागिर सुरु गरे

लन्डन– वेलायती राजकुमार विलियम्सले जागिर खान थालेका छन्। द ड्युक अफ क्याम्ब्रिज उनले एयर एम्बुलेन्स चालकको काम सोमबारदेखि थालेका हुन्। पहिलो दिन काममा गएका उनले आफू नर्भस भएको प्रतिक्रिया दिएका छन्।किङ्स्टन प्यालेसले राजकुमार विलियम्सको ड्युटी इस्ट इन्गेलियन एयर एम्बुलेन्समा पाइलटको रुपमा रहने जनाएको छ। क्याम्ब्रिज विमानस्थललाई केन्द्र बनाएर उनले काम गर्नेछन्। उनले चिकित्सक, नर्स तथा पाइलटसँग काम गर्नेछन्।

'यो मेरो पहिलो दिन थियो र म नर्भस अनुभव गर्दैछु', विलियमको भनाइ उदृत गर्दै चिनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ, 'तर म काम सुरु गर्न परिलक्ष्यित छु।'

उनले आफ्नो कामका लागि धेरै मिहिनेत र धैर्य जरुरी भएको उल्लेख गरेका छन्। 'तर म यहाँ कामका लागि आएको हुँ। र म त्यो कामप्रति लक्ष्यित छु।'

सोमबार बिहान ७ बजेदेखि उनको ड्युटी छ। युवराज विलियम्सको पहिलो सिफ्ट बिहान ७ बजेदेखि साढे ९ बजेसम्म दिनसम्म हुनेछ। चार दिन उनको विदा हुनेछ। सुरुमा उनले कोपाइलटको भूमिका निर्वाह गर्नेछन्। आवश्यक निर्धारित घण्टा जहाज उडाइसकेपछि उनी पाइलट हुनेछन्।

उनले आफ्नो कामबाट भएको कमाइ दान गर्ने जनाएका छन्।

प्रकाशित: २८ असार २०७२ १०:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App