१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलङ्कामा ५७ लाख व्यक्तिलाई मानवीय सहायता आवश्यक: राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले श्रीलङ्कामा जारी आर्थिक सङ्कटका कारण स्थिति गहिरिन सक्ने चेतावनी दिँदै कम्तीमा ५७ लाख श्रीलङ्कावासीलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ।  यो श्रीलङ्काको कूल जनसङ्ख्याको २६ प्रतिशत हो।

ओसीएचएले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'प्रणाली, सेवा र सुविधाहरूको समस्यालाई सम्बोधन गर्न तत्काल मानवीय सहायता र उच्च हस्तक्षेपबिना यो सङ्ख्या बढ्नेछ र दक्षिण एसियाली देशमा यसको परिणाम अझ गहिरो हुनेछ।'

'आर्थिक सङ्कटका कारण खाद्य सुरक्षा र जीविकोपार्जनमा प्रत्यक्ष असर परेको छ भने अस्पतालको प्रसूति सेवा, यौन तथा प्रजनन स्वास्थ्य सेवालगायत शिक्षा र स्वास्थ्य सेवाजस्ता आधारभूत सेवाको पहुँच र उपलब्धतामा बाधा पुगेको छ,' विज्ञप्तिमा भनिएको छ। जैविक खेतीमा असफल कृषि अभ्यासले ल्याएको घरेलु कृषि उत्पादनमा आएको गम्भीर गिरावटले सङ्कटलाई गहिरो बनाएको ओसिएचएले जनाएको छ।

श्रीलङ्कामा खाद्यान्न, ईन्धन, खाना पकाउने ग्याँस, औषधि र अन्य आवश्यक वस्तुहरूको गम्भीर अभावको साथ समष्टिगत आर्थिक सङ्कटले जटिल मानवीय आपतकालीन स्थिति ल्याएको र लाखौं मानिसहरूले बढ्दो रूपमा कष्ट भोगिरहेका छन्।

सर्वेक्षणमा सहभागी ९६ प्रतिशत घरधुरी हालको सङ्कटका प्रभावित भएका छन् र घरेलु स्तरमा मुख्य प्राथमिकताका तीन आवश्यकता खाद्यान्न, स्वास्थ्य र जीविकोपार्जनसँग सम्बन्धित रहेका देखिएको छ।

विदेशी मुद्राको अभावको सामना गरिरहेको, अत्यावश्यक आपूर्ति र खाद्य वस्तुहरूको समेत अभाव भएकोले श्रीलङ्काले आफ्नो देशको इतिहासमा सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ।

प्रकाशित: १८ कार्तिक २०७९ १२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App