२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिलिपिन्समा वार्षिक मृत्युदर ४३ प्रतिशतले वृद्धि

फिलिपिन्समा वार्षिक मृत्यु दर ४३ प्रतिशतको दरले वृद्धि भएको पाइएको छ।  

गत सन् २०२१ मा आठ लाख ७९ हजार ४२९ जनाको मृत्यु भएको विवरण सरकारी अधिकारीहरुले बुधबार सार्वजनिक गरेका छन्। यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि उनीहरुको दावी छ।  

अघिल्ला वर्षहरुको तुलनामा सन् २०२१ मा यति धेरै मानिसको मृत्यु हुनुमा कोरोना भाइरसको महामारी नै मुख्य कारण रहेको अधिकारीहरूले जनाएका छन्।  

फिलिपिन्सको तथ्याङ्क प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सामान्यतयाः अन्य वर्षहरुमा एकदेखि पाँच प्रतिशतसम्म मृत्युदर वृद्धि हुने गरेको थियो।

यसअघि सन् २०१९ मा छ लाख २० हजार ४१४ जनाको मृत्यु भएको थियो। त्यसका आधारमा दैनिक औसतमा एक हजार सात सयको मृत्यु हुने गरेको देखिएको थियो। त्यो दैनिक औसत सङ्ख्या सन् २०२१ मा भने दुई हजार चार सयभन्दा बढी देखिएको छ।  

मृत्युको मुख्य कारण कोरोना भाइरस नै भएपनि अन्य रोगहरुका कारणले मृत्यु हुनेहरुको सङ्ख्या पनि धेरै देखिएको छ। दोस्रो धेरैमा हृदयघात देखिएको छ भने मस्तिष्कघात, मधुमेह, मानसिक तनाव लगायतका कारणले पनि धेरैको मृत्यु हुने गरेको पाइएको छ।

प्रकाशित: २३ भाद्र २०७९ ०५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App