coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

फिलिपिन्समा बस दुर्घटना हुँदा १७ को मृत्यु

मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रुवाहक बस सडकको खतरनाक मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु भएको छ।

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले शनिबार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ।

फिलिपिन्सको निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा डा रिजाल सहभागी

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजाल फिलिपिन्सको एक प्रदेश बांसामोरोमा त्यहाँको प्रदेशसभाले निर्माण गर्न लागेको समावेशी निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा एक परामर्शदाताका रूपमा सहभागी भएका छन्।

फिलिपिन्सको विश्वकप इतिहासकै पहिलो जित

सरिना बोल्डेनले पहिलो हाफमा गरेको एक मात्र गोल नै खेलमा निर्णायक बन्यो। त्यो गोलले फिलिपिन्सको खेलकुद इतिहासमा नै यादगार विजय सुनिश्चित गरायो। उक्त जित फिलिपिन्सको पुरुष या महिला विश्वकपकै पहिलो हो।

मैत्रीपूर्ण फुटबल खेलमा फिलिपिन्ससँग भिड्दै नेपाल

नेपाली राष्ट्रिय फुटबल टोलीले आज मैत्रीपूर्ण खेलमा फिलिपिन्सको सामना गर्दैछ। नेपालले घरेलु टोली फिलिपिन्ससँग रिजल मेमोरियल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ४ः४५ बजेबाट प्रतिष्पर्धा शुरु गर्नेछ।

फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले १४औं साफ च्याम्पियनसिप २०२३ को तयारीका लागि फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली महासंघको सदस्यमा निर्वाचित

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा निर्वाचित भएकी छिन्।

फिलिपिन्समा कोभिडबाट छब्बीसको मृत्यु

फिलिपिन्समा कोभिड १९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

बाढीले यात्रुवाहक कार बगाउँदा फिलिपिन्समा आठ जनाको मृत्यु, एक घाइते

फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रु जिप बगाउँदा पाँच वर्षीया बालिकासहित आठ यात्रुको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ।

फिलिपिन्स आँधीः अन्ठानब्बे जनाको मृत्यु (अपडेट)

फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ६९ जना घाइते भएका छन् भने ६३ जना बेपत्ता भएका छन्।

फिलिपिन्स आँधीः ४७ को मृत्यु, ६० जना बेपत्ता

बाढी प्रभावित क्षेत्रमा उद्धारका काम जारी रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जानकारी उनले दिएका छन्। कुसियोङमा एघार जना बालबालिकाको शव उद्धारकर्मीले माटोको ढिस्कोबाट निकालेका उनले बताए। कुसियोङका ६० जना हराइरहेका छन्।

दक्षिण फिलिपिन्समा भीषण बाढीः १३ जनाको मृत्यु

कैयौं शहरहरुमा रातभरी परेको भीषण वर्षाका कारण शुक्रबार कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य धेरै बेपत्ता भएका स्थानीय अधिकारीहरले जानकारी दिएका छन्।

फिलिपिन्सको उत्तरी क्षेत्रमा ६.७ म्याग्निच्युडको भूकम्प

स्थानीय समयानुसार मंगलबार राति २२ः५९ बजे सो भूकम्प गएको जनाइएको छ। यस भूकम्प केन्द्रविन्दु लुजोनको मुख्य टापुमा रहेको अब्रा प्रान्तको टिनेग सहरबाट करिब सात किलोमिटर उत्तरपश्चिममा २८ किलोमिटर गहिराइमा रहेको जनाइएको छ।

फिलिपिन्समा ‘नोरु’ आँधीका कारण मृत्यु हुनेकाे संख्या ८ पुग्याे

सुपर टाइफुन नोरुले फिलिपिन्सको लुजोन टापुमा साताको अन्त्यमा भारी वर्षा र हावा चलेको कारण आठ जनाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका सरकारी निकायले मङ्गलबार जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्