४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

भारतमा एकै दिन १६ हजारभन्दा बढीमा संक्रमण

भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका छन्। सरकारी अधिकारीले  शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा १६ हजार पाँच सय ६१ नयाँ सङ्क्रमित भएका हुन्।  

यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख २३ हजार पाँच सय ५७ जना पुगेको सङ्घीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ। भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख २३ हजार पाँच सय ३५ रहेको छ।  

 कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४९ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २६ हजार नौ सय २८ व्यक्तिको मृत्यु भइसकेको छ। भारतमा हिजो एक दिनमा १८ हजार ५३ जना कोरोना मुक्त भएका छन्। यसैसँगै  कूल चार करोड ३५ लाख ७३ हजार ९४ जना कोरोनामुक्त भएका छन्।

नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमण मुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन्। भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयबाट हालसम्म दुई अर्ब ७ करोड ४७ लाख १९ हजार ३४ मात्रा खोप लगाइएको छ। भारतमा कोरोना सुरु भएदिखी हालसमम ८७ करोड ९० लाख भन्दा बढी जनाको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ। 

प्रकाशित: २७ श्रावण २०७९ ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App