८ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको पुणेमा दुर्घटना ९ को मृत्यु

भारतको पुणे शहरको बाहिरी इलाकास्थित नवले पुल नजिकै बिहीबार साँझ सडक दुर्घटना भएको छ। ब्रेक फेल भएको एक ट्रकले २० देखि २५ वटा सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्।  

दैनिक भास्करको समाचारअनुसार एउटा ट्रकको ब्रेक फेल भयो र त्यसले सुरुमा एक कारलाई ठक्कर दियो। ठक्करपछि कार अगाडि रहेको कन्टेनरसँग ठोक्कियो, जसका कारण आगो लाग्यो। ठक्कर दिने ट्रकमा पनि आगो सल्कियो र जल्यो। दुर्घटनामा कारभित्र रहेका पाँच जना जिउँदै जलेको समाचारमा उल्लेख छ।

मृत्यु हुनेहरूमा ट्रक चालकसहित नौ जना रहेका छन्। प्रहरीका अनुसार यो दुर्घटना पुणे नाशिक राजमार्गको भोरगाउँ नजिकै भएको थियो। दुर्घटनापछि प्रहरी र दमकलका गाडीहरू तत्काल घटनास्थलमा पुगेका थिए। उनीहरूले आगो नियन्त्रणमा लिएर उद्धार कार्य अगाडि बढाएका थिए। दुर्घटनामा घाइते भएका  करिब २० जनालाई तत्कालै नजिकैको अस्पतालमा भर्ना गरिएको छ।

प्रकाशित: २८ कार्तिक २०८२ १०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App