१३ असार २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रोक्का रकम फुकुवाका लागि हक्कानीको अमेरिकासँग आग्रह

अफगानिस्तानले आफ्नो सात अर्ब अमेरिकी डलर सम्पत्तिमाथि लगाइएको प्रतिबन्ध अन्यायपूर्ण भएको बताउँदै अमेरिकालाई उक्त सम्पत्ति फुकुवा गर्न आह्वान गरेको छ।

अफगानिस्तानको खोस्ट प्रान्तमा भएको एक भेलालाई सम्बोधन गर्दै हक्कानीले भने, “अफगानिस्तानबाट ‘पश्चिमी प्रभाव’ हटाइएमा स्वतस्फुर्तरूपमा मुलुकमा समावेशी सरकार गठन हुने टोलो न्यूजले हक्कानीलाई उद्धृत गरी लेखेको छ।  

हक्कानीले भने, “के तिनीहरूले विगत २० वर्षमा केही उपलब्धि हासिल गरे? अब, तिनीहरूले अफगानीहरूको सम्पत्ति रोक्का गरेका छन् र निश्चित संख्यामा मानिसहरूको बदला लिएका छन्।”

हक्कानीले भने, “अफगानीहरूले २० वर्षसम्म अमेरिकाको विरुद्धमा लड्यौं।” हक्कानीले समावेशी सरकार गठनका लागि लामो समय लाग्ने बताउँदै मुलुकले पहिचानको पर्खाइमा बस्नु नपर्ने र आवश्यक कदम चाल्नुपर्ने बताए।  

देशले अन्य कुनै पनि मुलुकका लागि खतरा उत्पन्न गर्ने छैन र तिनीहरूबाट पनि यस्तै सहभागिता मागेको हक्कानीले बताए।

उनले थपे, “हामी पाकिस्तान, इरान, चीन वा अरू कसैको विरोध गर्छौं भन्दैनौं। हामी अफगानीहरूले हाम्रो परीक्षण गरेका छौं र हामी उनीहरूलाई आश्वासन दिन्छौं कि हाम्रो पक्षबाट कुनै खतरा हुनेछैन तर हामी त्यस्तै सहभागिता माग्छौं।”  

आन्तरिक मन्त्रीले राष्ट्रलाई एकताबद्ध रहन र एकअर्कालाई स्वीकार्न आग्रह पनि गरेका छन्। 

प्रकाशित: १ श्रावण २०७९ १६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App