७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

श्रीलंकाका प्रधानमन्त्री विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपति

श्रीलंकाका प्रधानमन्त्री विक्रमासिङ्घ कार्यवाहक राष्ट्रपति बनेका छन्।

यसअघिका राष्ट्रपति गोटाबाया राजापाक्षे परिवारसहित देश छाडेर भागेपछि प्रधानमन्त्री कार्यवाहक राष्ट्रपति बनेका हुन्। आर्थिक संकट चुलिएपछि उनी देश छाडेर भागेका हुन्।

सभामुख महिन्दा यापा अबेवर्देनाले पत्रकार सम्मेलन आयोजना गर्दै तत्कालिन राष्ट्रपतिले गोटाबाया राजापाक्षेले नै आफू विदेशमा रहेका बेला प्रधानमन्त्री विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पिएको जानकारी गराएका हुन्।

श्रीलंकाको संविधानको धारा ३७ को उपधारा (१) बमोजिम रानिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको अबेवर्देनाले जानकारी दिए।

प्रकाशित: २९ असार २०७९ ०९:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App