१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्री जोन्सनले दिए राजीनामा

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

आफ्नै सरकारका मन्त्री र विभिन्न मन्त्रालयमा जिम्मेवारी सम्हालेका ५० जनाभन्दा बढीले राजीनामा दिएपछि जोनसनको बहिर्गमन अवश्यभावी भएको थियो। सुरूमा अन्तिमसम्म लड्ने बताएका जोनसनलाई उनकै विश्वासपात्रहरूले राजीनामा दिने भनेका थिए।

जोनसनको राजीनामासँगै अब बेलायतमा सत्तारूढ कन्जरभेटिभ पार्टीको नयाँ नेता चुन्ने प्रक्रिया सुरू हुनेछ। 'उनको राजीनामा अपरिहार्य थियो,' कन्जरभेटिभ पार्टीका उपाध्यक्ष जस्टिन टमलिन्सनले ट्विटरमा भने। 'पार्टीको रूपमा हामीले चाँडै एकजुट हुनुपर्दछ र महत्त्वपूर्ण कुराहरूमा ध्यान केन्द्रित गर्नुपर्छ। यो धेरै मोर्चाहरूमा गम्भीर समय हो।' 

प्रकाशित: २३ असार २०७९ १२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App